काठमाडौं – अनुष्मा रायमाझीले इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल - २०२१’मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।
मिस इको इन्टरनेशनलका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो ।
१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल–२०२०’ को बिजेता भएपछि छानिएकी हुन् ।
६० भन्दा बढी देशका इको सुन्दरीहरुको सहभागीता जनाउने उक्त प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन् ।
२१ वर्षीया रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट उड्ने तयारीमा छिन् । मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैठौं सहभागी हुन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।