प्रचण्ड–नेपाल समूहको स्पष्टिकरण : चौरीदेउरालीको आक्रमणमा कुनै संलग्नता छैन

३ बर्ष अगाडि

काठमाडौं - प्रचण्ड–नेपाल समूहले काभ्रपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकामा भएको आक्रमणमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । 

प्रचण्ड–नेपाल समूह, काभ्रेकी अध्यक्ष रुकु चौलागाईंले यसबारे स्पष्ट दिएकी हुन् । साथै  ओली पक्षका साथिहरु किन आत्तिएको रु’ भनदै प्रश्नसमेत गरेकी छिन् ।

संगठन विस्तार गर्न चौरीदेउराली पुगेका नेकपा ओली पक्षका नेताहरु बास बसेको घर र नेताहरु चढेको गाडी तोडफाड भएको आरोप ओली पक्षले लगाएको छ । तर, सो बारे आफूहरुको संलग्नता नभएको अध्यक्ष चौलागाईंले बताएकी छिन् । 

वडा समिति गठन कार्यक्रममा सहभागी हुन गएका ओली पक्षका नेता कार्यकर्ता राती अबेरसम्म गाउँको एक घरमा होहल्ला गरेर बसेका थिए ।

तर पूर्वमन्त्री समेत रहेका ओली पक्षका नेता गोकुल बाँस्कोटाले प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले घटना घटाएको आरोप लगाएका थिए ।

उक्त घटना घटेको र त्यसबारे कुनै प्रहरी परिचालन अहिले नभएको काभ्रेका डिएसपी कुमार विक्रम थापाले बताएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया