मंगलबार तोलामा ११ सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं-  मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ११ सय रुपैंयाले बढेको छ ।

सोमबार प्रतितोला ८९ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ११ सय रुपैंयाले बढेर ९० हजार १ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य भने प्रतितोला ८९ हजार ६ सय ५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि आज तोलामा २५ रुपैंयाले बढेर प्रतितोला १३ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।  हिजो नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १३ सय ३५ रुपैंया रहेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया