काठमाडौं- नेपालमा सामसङले आफ्नो इन्ट्री लेभलको नयाँ फोन ग्यालेक्सी एम ०२ सार्वजनिक गरेको छ ।
यसमा ५ हजार एमएएचको मेगा ब्याट्री र मेडियाटेक ६७३९ शक्तिशाली प्रोसेसर छ । क्यामेराको कुरा गर्दा दुई मेगापिक्सलको म्याक्रो सेन्सर र १३ मेगापिक्सलकको मेन क्यामेरा सहित डुअल रियर क्यामेरा छन् । साथै यसमा ५ मेगापिक्सलको फ्रन्ट सेल्फी क्यामेरा छ ।
यसमा ६.५ इन्चको एचडी प्लस इन्फिनिटी भी डिस्प्ले छ । यसको डिजाइन पनि स्लिक र हातमा मज्जाले ग्रिप बस्ने किसिमको छ । हाल यो कालो, निलो र खैरो रङ्गमा नेपाली बजारमा उपलब्ध छ ।
दुई भेरियन्टमा उपलब्ध यस फोनमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज भेरियन्टङ्को मूल्य ११ हजार ९९९ रहेको छ भने तीन जीबी र्याम र ३२ जीबी स्टोरेजको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन सोमबारदेखि देशभरका सामसङ ब्राण्ड पसल तथा खुद्रा स्टोरहरुमा उपलब्ध हुनेछ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।