नेपाली शेयर बजार राताम्मे, १६१ कम्पनीको शेयरमुल्यमा गिरावट

३ बर्ष अगाडि

काठमाडौ- साताको तेस्रो दिन(मंगलबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको पहिलो घण्टासम्म आइपुग्दाँ ५४.१३ अंकले घटेर राताम्मे छाएको छ । 

आज २६०७.६७ को बिन्दुबाट सुरु भएको कारोबार १२ बजेसम्म आउँदा २.०८ प्रतिशतले ओरालो लाग्दै २५५३.५४ को बिन्दुमा पुगेको छ । 

कारोबारका आएका १२ उपसमुहमध्ये म्युचुअल फण्ड मात्र उकालो लागेको हो भने बाँकी ११ उपसमुहमा राताम्मे छाएको छ । 

हाल कारोबारमा आएका १८९ कम्पनीको ४७ लाख २९ हजार ८४७ कित्ता शेयर २८ हजार ११५ पटक खरिद बिक्री हुदाँ २ अर्ब ७१ करोड ६७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये १६१ कम्पनीको शेयरमुल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य बढेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया