गोदावारी पनि जिपलाइन सञ्चालनमा

३ बर्ष अगाडि

काठमाडौं-  ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा जिपलाइन सञ्चालनमा आएको छ ।

पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनभित्र करिब ७ किलोमिटरको दुरीमा रहेको  जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।

एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जिपलाइन खेल्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटकहरु जाने गरेका छन् ।

जिपलाइन खेल्नका लागि फोटो भिडियोसहित प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएपनि अहिले छुट दिएर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ लिइएको सञ्चालक श्रेष्ठले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया