नेपालमा खाद्य बैकको स्थापना भएको छ । २ अर्बको लगानीमा नेपाल राष्ट्रिय खाद्य बैंक स्थापना भएकोे हो ।
“पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नारासाथ काठमाडौको नयाँ वानेश्वरमा केन्द्रिय कार्यालय स्थापना भएको हो । बानेश्वरको केन्द्रिय कार्यालयको चैत्र १५ गतेसम्म र प्रदेश कार्यालयहरुको २०७८ वैशाख भित्र उद्घाटन हुने भएको छ ।
बैंकले कृषि क्षेत्रमा लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि , मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने, अग्रानिक उत्पादनलाई जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, विउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति,उत्पादन जस्ता कार्य गर्ने छ ।
बैंक आफैले खाधन्न, गेडागुडी, हरियो तरकारी, फलफुल, दहि दुध, माछा मासु, चिया, जडिवुटी लगायतको उत्पादनको कार्य गर्ने र कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्ने जनाएको छ।
हालसम्म ४९१ जना प्रमोटर शेयर सदस्य रहेको बैंकले त्यसलाई अझै विस्तार गर्दै केहीबर्ष भित्रै साधारण शेयर (आइपिओ) जारी गर्ने लक्ष्य लिएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।