काठमाडाैं । नेपालमा नयाँ पुनर्बीमा कम्पनी सञ्चालन हुने भएको छ । पूर्व बैंकर, बैंकर तथा बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेकाहरुको समूहले ‘काठमाण्डौ रिइन्स्योरेन्स कम्पनी’ नामको नयाँ पुनर्बीमा कम्पनी संचालन गर्ने भएको हो ।
अधिकृत पूँजी रु. २० अर्ब र जारी पूँजी रु. १० अर्ब प्रस्ताव गरिएको उक्त कम्पनीको सञ्चालनका लागि तत्काल ७ अर्ब रुपैयाँ पूँजी जुटाइने जनाइएको छ ।
संस्थापकहरुले ७० प्रतिशत लगानी गर्नेछन् । जसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत लगानी व्यक्तिगत संस्थापकहरुको रहनेछ ।
७ अर्ब संस्थापकबाट जुटाइएको छ र कम्पनी संचालनपछि रु. ३ अर्ब बराबरको आइपीओ सर्वसाधारणका लागि जारी गर्ने योजना बनाइएको छ ।
७० प्रतिशत संस्थापकमध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बीमा वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार समेत भइसकेको एक संस्थापकले बताएका छन् ।
यो कम्पनीको संचालक समिति २ जना संस्थागततर्फ, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ सदस्यीय हुनेछ ।
कम्पनीको प्रारम्भिक योजनाकार तथा संस्थापकको रुपमा नेपाल बैंकका पूर्व सीइओ देवेन्द्रप्रताप शाह, नेपाल रिइन्स्योरेन्सका पूर्व अध्यक्ष तथा नेपाल चार्टर एकाउन्टेन्ट संस्थाका पूर्व अध्यक्ष महेश गुरागाई, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेशकुमार भट्टराई र ज्योति विकास बैंकका सीइओ श्रीचन्द्र भट्ट रहेका छन् ।
पुनर्बीमा कम्पनी चलाउन दक्ष जनशक्तिको व्यवस्थापन, विदेशी पुनर्बीमा कम्पनीको सहभागिता र व्यवसायको सुनिश्चितता गरी प्रारम्भिक सहमतिका लागि बीमा समितिको नीति निर्देशनभित्र रही छिट्टै समितिमा दर्ता गर्ने तयारी भइरहेको संस्थापकहरुले बताएका छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।