बाँकेमा ‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण हुने भएको छ । बाँकेको बैजनाथ गाउँपालिकामा ६१ करोडको लागतमा औद्योगिक क्षेत्रको निमार्ण हुने भएको हो ।
रकम विनियोजनभएसँगै निर्माणकार्य द्रुत रुपमा अगाडि बढाइएको छ । यो सँगै ‘नौवस्ता औद्यागिक क्षेत्र परियोजना’ कार्यालय पनि सञ्चालनमा आएको छ ।
सङ्घीय सरकारले औद्योगिक क्षेत्रका लागि चालू आर्थिक बर्षमा रु ६१ करोड खर्च गर्दैछ । बजेटबाट औद्योगिक क्षेत्रका लागि जग्गा सम्याउने, खाल्टाखुल्टी पुर्ने, प्लट बनाउने लगायतको कार्य हुने छन् । सडक ट्र्याकको सम्भावना र यसका लागि काम पनि चालू आवमा नै बढाउने योजना रहेको छ ।
बैजनाथमा ३३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना छ । औद्योगिक क्षेत्रका लागि भनिएको केही भागमा बस्ती रहेकाले डिपिआर भइसकेर पनि घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको अवस्था रहेको छ ।
औद्योगिक क्षेत्रका लागि डिपिआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको थियो । स्थानीय घरधनीको सङ्घर्ष समितिले सो सङ्ख्या झण्डै दोब्बर रहेको दाबी गर्दै आएको छ । अहिले भूमि समस्या समाधान सम्बन्धी आयोगको काम स्थानीय तहले गर्दै आएको छ ।
औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि २५० उद्योगीले आवेदन दिएका छन् । औद्योगिक क्षेत्र बन्न लागेपछि रोजगारी पाउने आशामा स्थानीय खुशी रहेका छन्
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।