काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा जीवन बीमा कम्पनीहरुले साढे ७४ अर्बभन्दा बढी कुल बीमा शुल्क संकलन गरेका छन् । बीमा कम्पनीहरुले समीक्षा अवधीसम्म ७४ अर्ब ५५ करोड कुल बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ । हाल देशभर १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । उक्त बीमा कम्पनीहरुले चालु आवको माघ महिना मात्र ११ अर्ब ४ करोड रुपैंया बराबरको कुल बीमा शुल्क संकलन गरेका छन् ।
देशभर रहेका १९ जीवन बीमा कम्पनीमध्ये नेपाल जीवन बीमा कम्पनीले चालु आवको माघ मसान्तसम्म २० अर्ब ३९ करोड रुपैंया बराबरको बीमा शुल्क संकलन गरि उच्च स्थानमा रहेको छ । सो कम्पनीले माघ महिना मात्र ३ अर्ब बीमा शुल्क संकलन गरेको हो ।
यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले समीक्षा अवधीसम्म १० अर्ब ६६ करोड रुपैंया बराबरको बीमा शुल्क संकलन गरी दोस्रो स्थानमा रहेको छ । यस कम्पनीले माघ महिना १ अर्ब ८ करोड रुपैंया बराबरको बीमा शुल्क संकलन गरेको हो । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले पनि सोही अवधीसम्म ६ अर्ब ९४ करोड रुपैंया बराबरको बीमा शुल्क संकलन गरी तेस्रो स्थानमा रहेको छ ।
यसैगरी, १४ जीवन बीमा कम्पनीले चालु आवको माघ मसान्तसम्म १ अर्बमाथि साढे ६ अर्ब कम बीमा शुल्क संकलन गरेका छन् भने प्रभु लाइफ इन्सयोरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा शुल्क संकलन रकम १ अर्बभन्दा कम रहेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।