नेपालबाट चालु आर्थिक बर्षको ७ महिनामा ११ करोड बराबरको चिउरा निर्यात भएको छ । भन्सार बिभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन देखि माघ मसान्त सम्ममा ११ करोड ६४ लाख ९३ हजारको चिउरा बाहिरिएको हो ।
नेपालबाट ८ बटा देशमा तयारी चिउरा निर्यात हुँदै आएको छ । सबैभन्दा धेरै अमेरिका र अस्ट्रेलिया निर्यात हुदै आएको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट पछिल्लो ७ महिनामा ६३ लाख बराबरको चिउरा अमेरिका निर्यात भएको छ भने २५ लाख बराबरको चिउरा अस्ट्रेलिया निर्यात भएको छ ।
यस्तै ७ महिनामा ५५ लाख ७९ हजारको चिउरा बेलायत निर्यात भएको छ भने जापान, बेल्जियम, हङकङ, कोरीया र भारतमा गरी २७ लाख ५७ हजारको चिउरा बाहिरिएको तथ्याङ्कमा उल्लेख छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।