नेप्सेमा ११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

३ बर्ष अगाडि

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  २ कम्पनीको ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । २ कम्पनीको कुल ११ लाख ६० हजार ४ सय ४६ दशमलव ९७ कित्ता शेयर सुचिकृत भएको हो ।

आज आईसीएफसी फाइनान्सको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर र स्पर्श लघुवित्तको  १ लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

आज नै सानिमा क्यापिटलको १२ करोड इकाई सानिमा लार्ज क्याप  फण्ड सुचिकृत भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया