विश्वकप २०२२ : निर्माण कार्यमा खटिएका नेपालीसहित ६ हजार बढिको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं - सन २०२२ मा आयोजना हुने विश्वकप फुटबलको लागि भैरहेको निर्माणका सिलसिलामा हालसम्म ६ हजार ५ सय भन्दा बढि कामदारहरुको मृत्यू भएको छ । 

कतारले विश्वकप आयोजनाकालागि १० वर्षअघि जिम्मेवारी लिएदेखि हालसम्म यति ठूलो संख्यामा आप्रवासी कामदारहरुको मृत्यू भएको हो।

मृत्यु हुने कामदारहरुमा नेपाल सहित भारत पाकिस्तान बंगलादेश तथा श्रीलंकाका नागरिकहरु रहेकाछन । 

सन २०१० को डिसेम्बरदेखि प्रत्येक हप्ता करिब १२ जना दक्षिण एशियाका कामदारहरुको मृत्यू हुने गरेको जनाईएको छ।

सन २०१० देखि सन २०२० सम्मको अवधिमा भारत बंगलादेश र नेपाल र श्रीलंकाका ५ हजार ९ सय २७ जनाको मृत्यु भएको थियो । यसै अवधिमा ८ सय २४ जना पाकिस्तानी कामदारहरुको मृत्यू भएको थियो । 

तर कतारमा मर्ने कामदारहरुको संख्या अझ बढी छ । कतारमा धेरै कामदार पठाउने मुलुकहरु फिलिपिन्सतथा केनिया नागरिकहरुको मृत्यू संख्या जोडिएको छैन ।

आगामी विश्वकप आयोजनाकालागि कतारमा ७ वटा रंगशाला निर्माण गरिनुका साथै विमानस्थल सडक होटल नयाँ शहर आदिको निर्माण गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया