'अब भोलि पर्सीबाट राजीनामा दे, राजीनामा दे भन्छन् होला तर सरकार निरन्तर रहन्छ' : प्रधानमन्त्री ओली

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्।  

बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अदालतको फैसलापछि केही मान्छेले लड्डु खाएर खुशी मनाएको भन्ने टिप्पणी पनि गरेका छन्। 

प्रचण्ड–नेपाल समुहमाथि कटाक्ष गर्दै ओलीले भने ‘मेरा केही भाइहरुले लड्डु खाए, ‘मुहँ मिठा’ गरे’, ‘अब के पाउँछन् हेर्नुछ।’

उनले केही दिनपछि आफ्नो राजीनामा मागिने भन्दै सरकार निरन्तर रहने दाबी गरे।उनले भने, ‘अब भोलि पर्सीबाट राजीनामा माग्छन् होला। राजीनामा दे, राजीनामा दे भनेर। तर, सरकार निरन्तर रहन्छ। विकास र समृद्धि अगाडि बढिरहन्छ।’

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि देशले विकासमा फड्को मारेको दाबी  गरेका छन्। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया