आज डिजिटल लर्निङ डे मनाइँदै

३ बर्ष अगाडि

काठमाडौं  - आज डिजिटल लर्निङ डे मनाइँदै छ । सन् २०१२ देखि मनाउन थालिएको डिजिटल लर्निङ डे हरेक वर्ष फेब्रुअरी २५ मा विविध कार्यक्रमको आयोजना गरी विश्वभर मनाइने गरिन्छ ।  

नेपालमा पनि गत २ वर्ष देखि डिजिटल लर्निङ डे मनाउन थालिएको हो ।  यसपटक डिजिटल शिक्षाका लागि सँगै नारा सहित विशेष कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

निमा एकेडेमीको आयोजना तथा लिभिङ विथ आइसिटी र सोचवेयरको सह आयोजनामा सञ्चालन हुने  कार्यक्रम बिहान ११ बजेदेखि होटेल हिमालयमा शुरु हुँदै छ ।

डिजिटल लर्निङ डे र लिभिङ विथ आइसिटीको फेसबुक पेज मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी दिएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया