सुरु भयो भृकुटीमण्डपमा 'टिभिएस ग्रान्ड एक्सचेन्ज' मेला

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकाको भृकुटीमण्डपमा आजदेखि 'टिभिएस ग्रान्ड एक्सचेन्ज' मेला सुरु भएको छ ।

नेपालका लागि टिभिएस ब्राण्डको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आजदेखि सुरु गरेको सो मेला पाँच दिन सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । 

मेलामा १७ प्रकारका मोटर बाइक तथा दश प्रकारका स्कुटर रहेका छन् । उक्त मेलामा टिभिएस ब्राण्डका विभिन्न मोडलका मोटर साईकल तथा स्कुटर आकर्षक छुटका साथ खरीद तथा सट्टापट्टा गर्न सकिनेछ । 

मेलामा टिभिएसको ब्रान्डका ११० सीसी देखि ३१० सीसीसम्मका बाइक र ११० सीसी देखि १२५ सीसीसम्म इन्जिन क्षमता भएका स्कुटर उपलब्ध छन् । मेलामा न्यूनतम १ लाख ८७ हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्मको मोटरबाइक तथा १ लाख ७९ हजार रुपैयाँदेखि २ लाख ७८ हजार रुपैयाँसम्मको स्कुटर उपलब्ध छन् ।

मेलामा जुनसुकै ब्राण्डका पुराना बाइक तथा स्कुटर एक्सचेञ्ज गर्दा बजारमूल्यभन्दा थप १५ हजार रुपैयाँ र नयाँ खरीदमा १२ हजार रुपैयाँसम्म छुट दिने व्यवस्था छ ।

मेलामा बाइक किन्ने ग्राहकले फुल हेल्मेट र स्कुटर किन्दा हाफ हेल्मेट निशुल्क उपलब्ध गराएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया