पछिल्लो २४ घण्टामा ११२ जनामा संक्रमण पुष्टि, ८४ जना संक्रमणमुक्त

३ बर्ष अगाडि

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सोही अवधीभर देशभर ४ हजार  पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ । यससँगै नेपालमा हालसम्म २१ लाख ५३ हजार ६ सय ३६ वटा नमुना परीक्षण भएको छ।

यस्तै, ८४ जना संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म कूल २ लाख ७० हजार २ सय २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया