प्रवीण हत्या प्रकरण : दर्जीलाई  थुनामा राख्न  आदेश

३ बर्ष अगाडि

 मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा प्रकाउ परेका  दुईजना मध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ ।  बिहिबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो । 

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् ।  ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा स्थानीय सौरभी होटल सञ्चालक कुमार राई र रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई पक्रेर अदालतमा उपस्थित गराएको थियो । सौरभी होटलका सञ्चालक कुमार उर्लाबारी–७ का स्थानीय हुन् । 


पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएका थिए ।  उर्लाबारी–७ का रमेश गिरीको घरमा  साथीको डेरामा अचेत अवस्था भएपछि उनलाई स्थानिय गोदावरी अस्पालमा पुर्याइयो । पुस ५ मा बिहान डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया