रेड्मी के४० सिरिज सार्वजनिक, मूल्य कति ?

३ बर्ष अगाडि

एजेन्सी - साओमीले रेड्मी के सिरिजको बहुप्रतिक्षित स्मार्टफोन रेड्मी के ४० सार्वजनिक गरेको छ । यो सिरिज अन्तर्गत के४०, के४० प्रो र के४० प्रो प्लस गरी तीन भेरियन्ट उपलब्ध भएको छ । 

के४० (बेसिक भर्सन) मिड रेन्जको फोन हो । जसको बजार मूल्य ३ सय १० डलर रहेको छ । त्यस्तै प्रो र प्लस भर्सन कम्पनीको हाई–इन्ड फोनको रुपमा आएको छ । जसमा स्न्यापड्रागन ८८८ चिपसेट रहेको छ । त्यस्तै के४० बेसिक भर्सनमा स्न्यापड्रागन ८७० चिपसेट प्रयोग गरिएको छ ।

त्यस्तै रेड्मी के४० प्रो र रेडमी के४० प्रो प्लसमा क्रमशस् ६४ र १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सेटअप रहेको छ ।

दुवैमा ८ मेगा पिक्सेलको अल्ट्रा वाइड र ५ मेगा पिक्सेलको टेलिफोटो लेन्स रहेको छ । फोनमा २० मेगा पिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

के४० सिरिजका फोनमा ४५२० एमएएचको ब्याट्री छ । भने, फास्ट चार्जिङका लागि ३३ वाटको चार्जिङ सर्पोट उपलब्ध रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया