७ जना बच्चा जन्माएका कारण १ कारोड ८१ हजार जरिवाना

३ बर्ष अगाडि

एजेन्सी - चीनमा रहने एक दम्पतीले दुईवटा मात्रै बच्चा जन्माउन पाउने नीति उल्लंघन गर्दैसात बच्चा जन्माएपछि उनीहरुले सरकारलाई ठूलो जरिवाना रकम बुझाउनु परेको छ । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार दम्पतीले साता बच्चा जन्माएका कारण १ लाख ५५ हजार अमेरिकी डलर ९झन्डै १ कारोड ८१ हजार नेपाली रुपैयाँ० सोशल सपोर्ट फिस बुझाउनु परेको हो । 

३४ वर्षकी महिला उद्योगपति ज्हांग रोंगरोंग र उनका ३९ वर्षका पतिका पाँच छोरा र दुई छोरी छन् । जरिवाना नबुझाएको भए उनीहरुले पाँचजना बच्चाको सरकारी पहिचानसँग जोडिएका कागजात प्राप्त गर्न सक्दैन थिए । 

ज्हांगले स्किनकेयर, ज्वेलरी र कपडाका उद्योग चलाइरहेकी छिन् र उनको दक्षिण–पूर्वी चीनमा उनका कम्पनीहरु छन् । 

चीनमा १९७९ मा एक बच्चा नीति सुरु भएको थियो । जन्मदर निकै घटेपछि २०१५ मा यस नीतिलाई परिवर्तन गरेर दुईवटा बच्चा जन्माउन सक्ने नीति लागु गरियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया