एक सातादेखि बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ

३ बर्ष अगाडि

विराटनगर - १५ वर्षीया बालिकालाई भाडाको कोठामा बन्धक बनाएर बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । 

मोरङको उर्लाबारी घर भएकी उक्त बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएका ४९ वर्षीय रोहित कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 

कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरिएको बताइएको छ । साथै बालिकाको उद्धार पनि गरिएको प्रहरीले जनाएको छ । 

एक सातादेखि कोठा भाडामा लिएर बन्धक बनाउँदै बलात्कार गरिएकी बालिका मोरङको उर्लाबारी नगरपालिका–५ मा बस्दै आएकी थिइन् । मानसिक रुपमा निक्कै विक्षिप्त अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।   


 

३ बर्ष अगाडि

प्रतिक्रिया