'प्रधानमन्त्री हिजो भन्दा झन दह्रो पो हुनुभयो':सुवास  नेम्बाङ

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनःस्थापना पछि सरकार झन् बलियो भएको दावी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वााङले संसद् विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि दह्रो भएको बताए ।

प्रतिनिधि सभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणीसमेत उनले गरे । 

‘हिजो पुनर्स्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठिक थिएन यो ठिक होइन भनिराथ्यौँ,’ उनले भने,‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो, संसद पुनर्स्थापित भयो प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास लगायतका कुराहरू के छ स्थिति मैले बताई नै सके उहाँ त हिजो भन्दा झन दह्रो पो हुनुभयो ।’ 

ता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै नेता नेम्बाङको भनाइ छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया