सेभियालाई हराउँदै बार्सिलोना उक्लियो ला लिगाको दोस्रो स्थानमा

३ बर्ष अगाडि

काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेभियामाथि जित निकालेको छ । 

गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरेका हुन् ।

खेलको २९औँ मिनेटमा मेस्सीको पासमा डेम्बेलेले गोल गरेका थिए । १-० ले अगाडि रहेको अवस्थामा खेलको ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै आफ्नो टोलीलाई २-० को सहज जित दिलाएका हुन् ।

सेभियामाथिको जितसँगै २५ खेलमा ५३ अङ्क जोडेको बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिड २ अङ्कले अघि रहेको छ । 

सेभिया ४८ अङ्क जोडेर लिगको चौथो स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया