८ अर्ब १३ करोड ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको लागि र ९१ दिन अवधिको लागि  ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

२८ दिन अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल चैत्र १७ गते परिपक्क हुनेछ ।

साथै ९१ दिन अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । उक्त ट्रेजरी बिल २०७८ साल जेठ १८ गते परिपक्क हुने बैंकले जानकारी दिएको छ । 

यसको लागि सोमबार ३ बजे बोलकबोल भएर मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया