सुनकोशी मरिण डाइभर्सनः चिनियाँ कम्पनीले १० अर्बमा सुरुङ खन्ने ठेक्का पायो

३ बर्ष अगाडि

सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने काम चिनियाँ कम्पनीले पाएको छ ।  चिनको 'चाइना ओभरसिज इन्जिनियरिङ'ले १० अर्ब ५ करोड ६८ लाखमा सुरुङ खन्ने ठेक्का पाएको हो ।

ठेकेदार कम्पनीले सुरुङ खन्न थालेको २७ महिनामा काम सक्ने लक्ष्य लिएको छ । यसअघि भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको कम्पनीले केही दिनबाटै सुरुङ खन्ने काम सुरु  गर्नेछ ।

सुरुङको ५.५ मिटर गोलाई रहने छ । सुनेकाशी मरिण आयोजनाबाट ३१ मेगावाट बिजुलीसमेत निकालिने छ । आयोजनाको निर्माण लागत ८२ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।  बिजुली तर्फ विद्युत् गृह, सुरुङ निर्माण लगायतमा ४६ अर्ब र सिँचाइतर्फ ३२ अर्ब निर्माण लागत अनुमान गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया