देशलाई बर्बाद पार्ने एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल !

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिस्टर कम्फर्टेबल र नेता माधवकुमार नेपाललाई ‘मिस्टर हेल्लो’कोे उपमा दिएका छन् ।

त्यस्तै उनले प्रचण्ड र माधवलाई ‘झुसे बारुला’को संज्ञा समेत दिँदै आफूलाई हटाएर देखाउन चुनौती दिए ।

आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रचण्ड–माधवलाई नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने गरेको समेत बताए । 

‘शान्ति, एकता देख्न नसक्ने । बल्ल बल्ल एकता गरियो । त्यही पनि फुटाएर हिँड्ने । पद, पैसा, परिवार । जहिले पनि मलाई चाहियो’, ओलीले प्रचण्ड माधवप्रति कटाक्ष गर्दै भने, ‘लड्डु खाँदै गर्दा हेलो ।।।आँपको सहयोगको बहुतबहुत धन्यवाद १ कसलाई हो थाहा छैन, सुनियो त्यस्तो । एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल, यी दुई मिस्टरहरुले देशलाई बर्बाद पार्न लागेका छन् ।’ 
उनले प्रचण्ड र माधव नेपालले देशलाई बर्बाद पार्न लागेको आरोप लगाउँदै आफू पनि यही देशमा रहेको नबिर्सन चेतावनी दिए । 

‘तर हामी छौँ यो देशमा, लड्डु खानेहरुलाई म भन्छु–हामी यहीँ छौँ भन्ने नबिर्स’, उनले भने । ओलीले आफूले गल्ती नगरेपनि मुद्दा हार्दै जाने गरेको दावी गरे । 
‘मुद्दा जिताएर मलाई कसैले प्रधानमन्त्री बनाएको होइन । जबसम्म नेपाली जनता साथमा हुन्छन्, जनताको आशीर्वाद रहन्छ । तबसम्म मुद्दा त के भो रु प्रतिनिधि सभा पुनःस्थापना भयो, के देख्नुभयो भन्दा चितवनको प्लेन चढेर काठमाडौँ आए’, प्रधानमन्त्री ओलीले केही दिनअघि सर्वोच्चको फैसलापछि प्रचण्ड र माधव नेपाल सभा छोडेर काठमाडौँ फर्किएकोमा व्यङ्ग्य गर्न समेत भ्याए । 

३ बर्ष अगाडि

प्रतिक्रिया