साउथ इन्डियन फिल्ममा स्वस्तिमा अनुबन्धित

३ बर्ष अगाडि

नायिका स्वस्तिमा खड्का साउथ इन्डियन  फिल्ममा अनुबन्धित भएकी छन् । साउथ इन्डियन  कम्पनी एञ्जल मारिया सिनेमाज्ले निर्माण गर्ने फिल्म ‘थिरिमाली’मा उनि अनुबन्धित भएकी हुन् । 

कलाकार छनौटको लागि नेपाल आएको निर्माण टोलीले स्वस्तिमालाई चलचित्रका लागि अनुबन्ध गरेको हो।

चलचित्रको छायांकन अर्को महिनादेखि सुरु हुने बताइएको छ । 

राजीव सेट्टीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा गरिनेछ । चलचित्रमा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया