आईसिसीले विश्वकप छनोटका सबै खेल इन्टरनेटमा लाईभ देखाउने !

३ बर्ष अगाडि

विश्वकप क्रिकेट छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले सन् २०२३ सम्मका एकदिवसीय र टी–२० छनोट चरणका सबै खेल  प्रत्यक्ष प्रसारण  गर्ने भएको हो।

सम्झौता अनुसार छनोटका ५४१ वटा खेल इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । जसमा ४१ वटा छनोट प्रतियोगिता रहेका छन् । 

आइसिसी एकदिवसीय विश्वकप २०२३ को छनोट, आइसिसी वुमेन्स टी-२० विश्वकप २०२३ को छनोट र आईसीसी टी-२० विश्वकप २०२२ को छनोटका खेल आइएमजीले इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रत्यक्ष प्रसारण हुने कुल ५४१ खेल मध्ये १४५ वटा खेल महिलाका हुनेछन् । ती मध्ये ८० वटा एसोसिएट देशका खेलको प्रत्यक्ष प्रसारण हुनेछन् ।

नेपालले प्रतिस्पर्धा गर्ने आईसीसी विश्वकप लिग-२ का बाँकी खेल र नेपालले प्रतिस्पर्धा गर्ने आईसीसी टी २० वुमेन्स विश्वकप २०२३ को छनोट र आईसीसी टी-२० विश्वकप २०२२ को छनोट खेल  इन्टरनेटबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया