तनहुँ जलविद्युत् आयोजनामा लफडा, मजदूर आन्दोलित

फागुन १६, २०७७ | आजको अर्थ
ajaako_artha

१४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब भएको छ । शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिटिन गई एक चीनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चीनियाँ व्यक्तिले ढुङ्गा प्रहार गर्दा स्काभेटरको सिसा फुटेपछि कर्पोरेशनका व्यवस्थापक र मजदूरबीच तनाब उत्पन्न भएको हो । 

सोही विषयलाई लिएर मजदूरले विगत लामो समयदेखि आयोजनासँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै करीब ४०० मजदूर आन्दोलनमा उत्रिएका छन् । आयोजनामा काम गर्दै आएका मजदूरले शनिबारदेखि निर्माण कार्यमा सहभागी नभएको सिनोहाइड्रो मजदूर युनियनका अध्यक्ष आशिष श्रेष्ठले बताए ।

दुवै पक्षबीच खतरा हुने देखिएकाले समस्या समाधान नहुँदासम्म काम रोकेर छलफलका माध्यमबाट सहजीकरण गर्न लागिएको बताइएको छ । 

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रलाई चार समूहमा विभाजन गरी निर्माण कार्य थालेको छ । जिल्लाको साविकको झण्डै १८ गाउँ विकास समिति प्रभावित हुने सो आयोजनाले जनाएको छ । जलाशय क्षेत्रअन्तर्गत भीमाद, छाङ, माझकोट, ऋषिङ, रानीपोखरी, कोटदरबार, जामुने, साबुङभगवतीपुर, काहुँ शिवपुर र व्यास नगरपालिका रहेका छन् । 

त्यसैगरी बाँध, विद्युत् गृह, पानी निस्कासन सुरुङ र स्वीच वार्ड काँहु शिवपुर र व्यास नगरपालिकामा रहने छ । आयोजनाको सुविधा संरचना ९पहुँच मार्ग, बसोवास क्षेत्र, ब्याचिङ्ग वार्ड० काँहु शिवपुर र व्यास नगरपालिकामा रहेको छ भने तल्लोतटीय क्षेत्र काँहु शिवपुर, पोखरी भञ्ज्याङ, केशवटार, धरमपानी, बैदी, छिपछिपे, देवघाट र देउराली रहेको छ । आयोजनाको लम्बाइ १८ किलोमिटर रहने छ । पानीले भरिंदा पानीको अधिकतम सतह समुन्द्र सतहबाट ४१५ मिटर रहने छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८