बेलायतमा दुई करोडले लगाए कोरोना खोप, घट्दै संक्रमण

३ बर्ष अगाडि

बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ ।

पछिल्लो तथ्याँक अनुसार कोरोना संक्रमण दरमा करिब ४० प्रतिशतले  कमी आएको बताइएको छ । आइतबार थप ६ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । दैनिक संक्रमित संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४१ लाख ७६ हजार ५५४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दैनिक मृतक संख्या पनि धेरै पछिको सबैभन्दा न्यून हो । तर, सामान्यतया आइतबार र सोमबार सार्वजनिक गरिने तथ्यांकमा वास्तविक भन्दा कम हुने गर्दछ । यससँगै बेलायतमा हालसम्म एक लाख २२ हजार ८४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म कोभिडविरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या दुई   करोड नाघेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै भनेका छन्  ‘बेलायतमा २० मिलियनले खोपको पहिलो डोज लगाउन सफल भएका छन्, यो विशाल राष्ट्रिय उपलब्धि हो । एनएचएस कर्मचारी स्वयंसेवक, सशस्त्र बल र अन्य थुप्रैले गरेको अथक प्रयासको प्रमाण हो ।‘  उनले भनेका छन् म सबैलाई आग्रह गर्न चाहन्छु कि, खोपको लागि बोलाउने बित्तिकै तत्कालै खोप लगाउन प्रधानमन्त्रीले आग्रह गरेका छन्  । प्रत्येक खोपले कोभिड विरुद्धको लडाईमा ठूलो मद्दत गर्दछ ।‘ जोन्सनले ट्वीटमा लेखेका छन्।

यस्तै, बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले २ करोड ९२० मिलियन० बढीले खोपको पहिलो डोज पाइसकेको पुष्टि गर्दै  खोप वितरणमा बेलायतले हासिल गरेको उपलब्धिलाई ‘विशाल’ भन्दै मन्त्री ह्यानककले महामारीबाट मुक्तिको बाटो भएको उल्लेख गरेका छन् ।  बेलायत सरकारबाट प्रकाशित पछिल्लो तथ्यांकअनुसार बेलायतमा २ करोड ८९ हजार ५ सय ५१ जनाले कोभिड खोपको पहिलो डोज पाएका छन् । त्यस्तै, अहिलेसम्म खोपको दुवै डोज पाउनेहरू पनि ७ लाख ९६ हजार १ सय ३२ छन् ।  

बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ । आउँदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।  बेलायतमा अहिले युरोपमा निर्मित फाइजर बायोएनटेक र बेलायतमै निर्मित अक्सफोर्ड एस्ट्राजेनिका खोप वितरण भइरहेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया