सिन्धु बैंकले बोलायो साधारण सभा, मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने

३ बर्ष अगाडि

काठमाडौं - सिन्धु विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आफ्नो ११औं वार्षिक सारधारण सभा चैत ९ गते सोमबार आगन्तुक रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बोलाएको हो । 

उक्त सभाबाट मर्जरमा जान आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तव पेश गरिने बताइएको छ । साथै सभामा उक्त विशेष प्रस्ताव पारित गर्ने एजेण्डा राखिएको पनि बैंकले जनाएको छ ।

सभामा सिन्धु विकास बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाम्नेरगाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।

गत आव २०७६/७७ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगरेको बैंकले साधारण सभाका लागि फागुन २८ गते शुक्रबार एक दिन बुकक्लोज गर्ने जनाएको छ । 

यसअनुसार फागुन २७ गते महाशिवरात्रीको सार्वजनिक विदा रहेकाले फागुन २६ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनी मात्र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया