लाभांश प्रस्ताव पारित गर्न सबैको लघुवित्तले डाक्यो साधारण सभा

३ बर्ष अगाडि

सबैको लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि कम्पनीको सञ्चालक समितिको वैठकले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको  थियो । 

यसका साथै सभाले अन्य लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीको सभा चैत १४ गते, शनिबार मर्स्याङ्दी रिभर भ्यु रिसोर्ट, बन्दिपुर, तनहुँमा बिहान ११ बजे सुरु हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया