बैंक अफ काठमाण्डुको साधारण सभा चैत ३ गते

३ बर्ष अगाडि

काठमाडौं- बैंक अफ काठमाण्डुले चैत ३ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । 

सभा विहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने निर्णय भएको छ  । बैंक सञ्चालक समितिको फागुन १६ गते बसेको बैठकले उक्त निर्णय गरेको छ ।

बैंकले विशेष प्रस्तावहरुको संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमन निकायहरुबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निणर्य गरी सभाबाट पारित गर्ने तयारी गरेको छ ।

यस्तै सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि गरेको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले फागुन २३ गते देखि चैत ३ गतेसम्म बुक क्लोज हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया