विजय लघुवित्तले खप्तड लघुवित्तलाई गाभ्ने पक्का

३ बर्ष अगाडि

खप्तड लघुवित्त वित्तीय संस्थालाई विजय लघुवित्त गाभ्ने भएको छ । फागुन १५ गते बसेको विजय लघुवित्तको साधारण सभाले उक्त निर्णय गरेकोे हो । 

उक्त सभामा विजय लघुवित्त र खप्तड लघुवित्तको शेयर स्वाप अनुपात १ः०.८५ कायम गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

उक्तले साधारण सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र  या  , सम्पत्ति, दायित्व र कारोवारको मूल्यांकन प्रतिवेदन, प्राप्ति गर्ने र हुने सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवम्सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन गर्नुको साथै दुई पक्ष बीच सम्पन्न अन्तिम सम्झौतापत्र समेत स्वीकृत गरको छ । प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात हुने संस्थाको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएकोछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया