किन छाडे अक्षयले सय करोड पारिश्रमिक लिएको फिल्म ?

३ बर्ष अगाडि

काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारले निर्देशक मुदस्सर अजीजको फिल्म छाडेका छन् । ज्याकी भगनानीले निर्माण गर्ने यस फिल्मका लागि उनले एक सय करोड पारिश्रमिक लिएका थिए ।

समय अभावका कारण अक्षय यो फिल्म छोड्न बाध्य भएका हुन् । उनले उक्त फिल्मबाट हात झिकेपछि निर्माण टिमले अभिनेता राजकुमार रावलाई अनुबन्ध गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । 

यस अघि पनि अक्षयले धेरै फिल्म छाडेका छन् । उनले छाडेका फिल्म 'बाजिगर फूल और कांटे', 'रेस', 'भाग् मिक्का भाग्' आदि सुपरहिट भएका थिए । अक्षय बलिउडमा सफल अभिनेताको रुपमा परिचित छन् ।

साथै उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया