सन् २०२४ को राष्ट्रपति निर्वाचनमा सहभागी हुने ट्रम

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने बताएका छन् । ह्वाइट हाउस छाडेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका उनले यस्तो भनेका हुन् । 

उनले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा पहिलो भाषण दिएका हुन् । महाभियोगको प्रस्ताव असफल भएपछि ट्रम्प सार्वजनिक रुपमा पहिलो पटक यसरी बाहिर कार्यक्रममा आएका हुन् । 

महाभियोगका लागि ट्रम्पविरुद्ध केही रिपब्लिकन सांसदले पनि भोट गरेका थिए । अनि ट्रम्पले नयाँ राजनीतिक पार्टी बनाउन सक्ने अनुमान गरिएको थियो । 

तर, उक्त कार्यक्रम मार्फत ट्रम्पले यस्तो नहुने बताएका छन् । आफू फेरि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा सहभागी हुनसक्ने सम्भावना रहेको उनले बताएका छन् ।

साथै कार्यक्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनको विरोध पनि गरेका थिए । राष्ट्रपति बाइडेनका कारण अमेरिका फस्र्ट भन्ने आफ्नो नीतिबाट लास्ट भएको उनले बताए । 

ट्रम्पको संकेत अनुसार उनी सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा सहभागि हुने सम्भावना प्रबल बनेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया