बन्धक बनाई १० लाख फिरौती माग्ने ३ जना पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका १८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र सोही महानगरपालिका ६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरीले जनाएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया