नेशनल लाइफको २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला

३ बर्ष अगाडि

काठमाडौं- एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले फागुन २७ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी  २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य रू. ४९२ रहेको छ ।  न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं र विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका  शाखा कार्यालयबाट पनि बोलपत्र बुझाउन सकिनेछ ।
  

३ बर्ष अगाडि

प्रतिक्रिया