प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी र केन्द्रीय कमिटीको बैठक

३ बर्ष अगाडि

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । 

प्रतिनिधिसभा अधिवेशनमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बोलाउने निर्णय भएको स्रोतले जनाएको छ । 

पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा बुझाएको निवेदनबारे यथाशीघ्र निर्णय लिन समेत सचिवालय बैठकले आग्रह गरेको छ । यसअघि प्रचण्ड–नेपाल समूहले गरेका निर्णयलाई समेत आयोगले अभिलेखीकरण गरेको थिएन ।

३ बर्ष अगाडि

प्रतिक्रिया