सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड आज

३ बर्ष अगाडि

काठमाडौं - सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदै छ । आईपीओ दिउँसो साढे ३ बजे कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालय त्रिप्रेश्वरमा बाँडफाँड हुने भएको हो ।

हाइड्रोले गत माघ ४ गतेदेखि फागुन ३ गते सोमबारसम्म आयोजना प्रभावित दोलखाको कालिन्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूका लागि शेयर जारी गरेको थियो ।

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । सोही शेयर आज बाँडफाँड गरिने भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया