एनएमबि बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १०%सम्म छुट

३ बर्ष अगाडि

काठमाडौं- एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । 

अस्पतालले उपलब्ध गराउने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा ग्राहकहरुले उक्त छुट पाउने छन् ।

अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत र अन्तरंगमा ७ प्रतिशत छुट उपलब्ध गराउने छ । 


समझौता पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया