पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

३ बर्ष अगाडि

काठमाडौं - अभिनेता पल शाह र मलिका महतको टाढा भए पनिले युटुबमा नयाँ रेकर्ड राखेको छ । यो गीतले युटुबमा सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज पाउँदै नयाँ रेकर्ड राखेको हो ।

गीत अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा १५ दिनमै १ करोड पटक हेरिएको छ ।

सवैभन्दा कम दिनमै १ करोड भ्यूज बटुल्ने गीतको रुपमा ‘टाढा भएपनि’ पर्न सफल भएको छ । यो गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका छन् । यो जोडीलाई दर्शकले रुचाएका छन् ।

नायक पल शाहले गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेको भन्दै खुशी व्यक्त गरे । यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार भ्यूज कमाउँदै एक दिनमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड पनि राखेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया