कारोबारको तेस्रो घण्टा : नेप्सेमा ३९.१५ अंकको वृद्धि ,कारोबार रकम ४ अर्ब माथि

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आउँदा ३९.१५ को बिन्दुमा पुगेको छ । 

कारोबार सुरु भएको ३ घण्टामा परिसुचक १.५८ प्रतिशतले बढेर २५१३.५४ को बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ पनि ७.१३ अंकले बढेर ४५४.४१ को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १३ उपसमुहमध्ये म्युचुअल फण्ड ०.०३ अंकले घटेको छ भने बाँकी १२ उपसमुह भने हरियोमा नै कायम रहेका छन् ।

दुई बजेसम्म कारोबारमा आएका २०४ कम्पनीको ८५ लाख ६८ हजार ८५८ कित्ता शेयर ५२ हजार ८७४ पटक खरिद बिक्री हुँदा ४ अर्ब १३ करोड ९२ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया