१० अर्बको विकास ऋणपत्रको बिक्री खुला भोली

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले ८ वर्ष अवधिको विकास ऋणपत्रको बिक्री खुला मंगलबार भोली गर्ने भएको छ ।

सरकारले आन्तरिक ऋण उठाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बिक्री खुला गरेको हो । नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग मार्फत जारी हुने सो विकास ऋणपत्रको नाम ‘विकास ऋणपत्र, २०८५ (ङ) ’ रहेको छ ।

यस विकास ऋणपत्र खरीदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन पाउनेछन् । इच्छुकले फागुन १८ गते मंगलबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।

फागुन १९ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८५ साल फागुन १९ गते भुक्तानी हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया