फिल्म ‘चिसो मान्छे’ को सोमवारबाट छायांकन सुरु

३ बर्ष अगाडि

काठमाडौं-  ‘पशुपति प्रसाद, आमा’ जस्तो सफल फिल्म दिएका दीपेन्द्र के। खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’ को सोमवारबाट छायांकन सुरु भएको छ । ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । मुहूर्तपछि अभिनेता अर्पण थापाको दृश्य ग्वार्कोका सडकमा खिचिएको छ । काठमाडौंमा चार दिन फिल्मको छायांकन हुनेछ ।
 
काठमाडौंदेखि बाजुरासम्म खिचिने फिल्मको निर्माता शर्मिला पाण्डे हुन् । निर्देशक खनालसँग उनको यो चौथो सहकार्य हो । यसअघि ‘लभ लभ लभ, चंगा चेट र आमा’ मा उनीहरुको टिमअप भएको थियो । फिल्ममा स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसीको पनि अभिनय रहनेछ । फिल्ममा स्वस्तिमा बाजुराकी विवाहित महिलाको भूमिकामा देखिँदैछिन् ।
 
मुहूर्त समारोहमा खनालले भने ‘हामीले फिल्मलाई काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिच्नेछौ । फिल्मको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’ ‘आमा’ लाई पानीमा मात्र खिचेका उनले ‘चिसो मान्छे’ लाई घाममा नखिच्ने बताएका छन् । फिल्मलाई उनी आफैंले खिचिरहेका छन् । ‘आमा र धनपति’ मा पनि उनी छायाँकारको रुपमा थिए । 
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया