अदालत उपस्थित नभएपछि कंगनाविरुद्ध वारेन्ट जारी

३ बर्ष अगाडि

एजेन्सी - बलिवुड अभिनेत्री कंगना रनावतविरुद्ध मुम्बईको एक अदालतले जमानती वारेन्ट जारी गरेको छ ।

बलिवुडका चर्चित लेखक एवं गीतकार जावेद अख्तरसँगको विवादमा अदालतले सोमबार कंगनाविरुद्ध वारेन्ट जारी गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार गीतकार अख्तरले गतबर्ष दायर गरेको मुद्दामा कंगनालाई अदालतमा उपस्थित हुन दिएको आदेश नमानेपछि वारेन्ट जारी गरेको छ । 

अदालतले अभिनेत्री कंगनालाई मार्च १ मा उपस्थित हुन निर्देशन दिएको थियो । कंगनाले जादेव अख्तरले अभिनेता ऋतिक रोशनविरुद्धको मुद्दा फिर्ता लिन आफूमाथि दबाब दिएको भन्दै मिडियामा अख्तरको टिप्पणी गरेकी थिइन् ।     

उक्त बयानले आफ्नो छबि खराब भएको भन्दै अख्तरले अदालतमा कंगनाविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया