किन टुट्यो नेमारको प्रेम सम्बन्ध ?

३ बर्ष अगाडि

एजेन्सी - सम्पत्तिका हिसाबले एक सातामा नै लाखौं डलर कमाउने ब्राजिलियन फरवार्ड नेयमारले प्रेम जीवनलाई भने सफल दिन सकेनन् । नेयमारले उनकी पूर्व प्रेमीका ब्रुनाको सम्बन्धमा धरै नै उतारचढाव भोग्नु परेको थियो ।  

ब्राजिलियन नायिका समेत रहेकी ब्रुनासँग नेयमारको भेट सन् २०१२ को रिया कार्निभलमा भएको थियो । त्यो बेला सामान्य चिनजान भए पनि यी दुई जोडी निकै चाँडै एक अर्कासँग नजिक भएका थिए ।

ब्रुनासँग भेटेपछि नेयमार उनको प्रेममा परिसकेका थिए । त्यसैले उनले ब्रुनालाई भेटेको केही सातामा नै सामाजिक सञ्जालमा तस्विर राखेर सार्वजनिक रुपमा नै आफू प्रेममा रहेको बताएका थिए । 

तर उनीहरूको प्रेममा करियरको ठेस लाग्यो । त्यो बेला युरोपमा खेलिरहेका नेयमारले त्यो ठाउँ छोड्न सक्ने अवस्था थिएन । यता ब्रुनालाई पनि करियरका कारण ब्राजिल छोडेर यूरोप जान सक्ने अवस्थामा थिइनन् ।

करिव ६ वर्षको सम्बन्धमा सन् २०१८ मा ब्रुनालाई करियर र प्रेममध्ये एकलाई छोड्नुपर्ने अवस्था आयो । तर त्यसमा उनले करियरलाई नै प्राथमिकता दिएर ब्राजिलमा नै बस्ने निर्णय गरिन् । 

त्यसपछि नेयमारलाई जीवनका ठूलो निर्णय गर्नुपर्ने अवस्था आयो । त्यो थियो, प्रेमीका ब्रुनासँग सम्बन्ध टुटाउनु । सन् २०१८ मा नेमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू र ब्रुना अब एकसाथ नभएको तर अझैपनि एक अर्काप्रति निकै ठूलो आदर रहेको भनेर पोष्ट गरेका थिए । 

उनीहरु सम्बन्धको ६ वर्षमा चार पटक छुट्टिएर जोडिएका थिए । केही समय डिप्रेसनमा गएपनि उनले पेरिस सेन्ट जर्मेनमा गएपछि पूर्ण रुपमा स्फूर्त भएर मैदानमा फर्किए । 

उनी बार्सिलोनाबाट कीर्तिमानी रकममा पीएसजी गएपछि आफू निकै खुसी भएको र त्यही बस्न चाहेको र त्यहाँको जीवनशैली आफूलाई मन परेको भन्दै इन्स्टाग्राममा लेखेका थिए ।

अहिले नेयमार पीएसजीमा नै रहेको छ । तरपनि उनको जीवनशैलीको चर्चा बेला बेला नकारात्मक रुपमा पनि हुने गर्छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया