सेनिटाइजर सेवनका कारण २ को मृत्यु

३ बर्ष अगाडि

काठमाडौं - सेनिटाइजर सेवनका कारण एकैदिन दुईजनाको मृत्यु भएको छ । विराटनगरको कोसी अस्पतालमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको छ ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि मृत्यु भएको छ ।

प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया