२५ करोड २२ लाख बढिको लागतमा २ रुपैयाँको सिक्का छापिन्दै

३ बर्ष अगाडि

काठमाडौं - सरकारले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्नका लागिका बिहीबार बेलायतको द रोयल मिन्ट कम्पनीको नाममा आशयपत्र जारी गरेको हो ।

बैंकले कुल एक सय मिलियन अर्थात् १० करोड थान सिक्का छाप्नका लागि  १६ लाख ६४ हजार पाउन्ड खर्च गर्ने जनाएको छ । 

जस अनुसार आजको विनिमय दर पाउण्डसँग बैंकको खर्च हिसाब गर्दा १० करोड सिक्काका छाप्नका लागि कुल २५ करोड २२ लाख ८९ हजार ४० रुपैयाँ लाग्ने देखिन्छ । 

जसलाई प्रति सिक्का छपाई खर्च निकाल्दा कुल खर्चलाई १० करोडले भाग गदा न्यूनतम एक सिक्काको खर्च २ रुपैयाँ ५२ पैसा निस्कन्छ ।

यो हिसाबले बैंकले छाप्न खोजेको २ रुपैयाँको एउटा सिक्काको खर्च २ रुपैयाँ ५२ पैसा पर्ने देखिन्छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया