आज काठमाडौंमा मेलम्चीको पानी आइपुग्ने

३ बर्ष अगाडि

काठमाडौं - मेलम्ची खानेपानी आयोजनामार्फत आज काठमाडौंमा सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी आइपुग्ने भएको छ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो । 

सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको निरीक्षण गर्ने तय भएको छ । केहीदिनअघि खानेपानी आयोजनाले सुरुङमा पानी हालेर परीक्षण गरेको थियो । 

आज काठमाडौंमा मेलम्चीको पानी आउने भएसँगै काठमाडौंवासीको तीन दशकभन्दा बढीको प्रतीक्षाले मूर्तरूप पाउने भएको छ । फागुन १० गते परियोजनाले परीक्षणका लागि २६ किलोमिटर लामो सुरुङमा पानी हालेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया